अलिपुरद्वार: बाइसनको हमलामा एकजना व्यक्ति घाइते भएका छन्।यो घटना अलिपुरद्वार जिल्लाको मदारीहाट इलाकाको हो। उनी सडक किनारामा शौच गर्न गएका थिए सोही बेला बाइसनले हमला गरेको बताएका छन्। प्राप्त जानकारी अनुसार मदारीहाट इलाकाको प्रधाननगर निवासी रञ्जीत दास आज बिहान मदारीहाट राष्ट्रिय राजमार्गको किनारको झाँडीमा शौच गर्न गएको समय एउटा बाइसनले हमला गर्दा तिनी गम्भीर रूपमा घाइते भएका छन्। घटनापछि तत्कालै तिनलाई उद्धार गरेर अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ। आवासीय इलाकामा यसरी बाइसनले हमला गरेको घटनालाई केन्द्र गरेर इलाकावासीहरू आतङ्कित बनेका छन्।