मिरिक: मिरिक मानवता फाण्डेसनले मिरिकलाई सुन्दर र व्यवस्थित राख्नको लागि नियमित सफाई अभियान चलाइरहेको जनाएको छ। यसै क्रममा आफ्नो अभियानलाई जारी राख्दै आज मंगलबार मिरिक पर्यटन केन्द्रमा सफाई अभियान चलाउँदै ‘किप मिरिक क्लीन एण्ड ग्रीन’ लेखिएको ब्यानर टाँस्ने कार्य गरेको छ साथै फाउन्डेसनले मिरिक भील परिसरमा नव निर्मित ट्राफिक बुथमा पनि रङ्ग पचेरा गरेको छ। संगठनका संस्थापक अभिषेक श्रेष्ठ अनि साङ्ममित लेप्चाले शुरूमा हङकङबाट ब्याक्तिगत रूपमा समाजिक कार्य साथै सहयोग गरिरहे तापनि १३ अगस्त २०२१ देखि ब्याक्तिगत मात्र नभएर समूहमा भेला भएर क्षेत्रमा कार्य गर्ने उद्देश्य लिएर मानवता फाउण्डेसन गठन गरिएको जसमा विनय गोले, रितेस थापा, पुरण सुब्बा, उमेष लिम्बू, आलोक गुरूङ, शेखर गुरूङ, अरविनराज गुरूङ आदि सदस्यहरू रहेको बताए। फाउन्डेसनले स्थापनाकालदेखि नै मिरिकमा थुप्रै समाजिक कार्य गरिरहेको जस अन्तर्गत मिरिकमा सफाई अभियान, रोगीहरूलाई उपचारको लागि सहयोग, दसैँ तिहारको बेला लिङ्गेपिङ बनाइदिने साथै मिरिक उच्चत्तर माध्यमिक विद्यालयमा प्रत्येक वर्ष ५० हजार रूपियाँ छात्रवृत्ति पनि प्रदान गर्ने गरेको तिनीहरूले बताए। मिरिकलाई सफा राख्न अनि फोहोर ब्यावस्थापन गर्न फाउण्डेसनले भविष्यमा पनि धेरै कार्य गर्ने योजना तयार पारेको तिनीहरूले बताए।











