उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा चाँडै सुरु हुनेछ ‘हाइब्रिड सीसीयू-वार्ड’

IMG_20221108_154114.jpg

ओएसडी सुशान्त रोयले भ्रमण गरे

सिलगढी: उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा बिरामीहरूको बढ्दो संख्यालाई ध्यानमा राख्दै, यहाँ नयाँ वार्ड बनाइएको छ। यसलाई हाइब्रिड सीसीयू-वार्ड नाम दिइएको छ। उत्तर बङ्गालका ओएसडी डा. सुशान्त रोयले आज यस वार्डको पूर्वाधारको अवलोकन गरे। त्यो वडालाई जतिसक्दो चाँडो उद्घाटन गर्ने प्रयास भइरहेको उनले बताए। साथै उनले नयाँ वार्ड सञ्चालनमा आएपछि टाढा–टाढाबाट आउने बिरामीलाई समेत फाइदा हुने बताए। किनभने उक्त हाइब्रिड सीसीयू-विभागमा कुल २४ सीसीयू-शैया बनाइने भएकाले टाढा-टाढाबाट आउने बिरामीले सहज रूपमा उपचार पाउन सक्नेछन्।

About Author

Advertisement