२२ नोभेम्बरमा तृणमूल किसान खेत मजदूर संगठनको जिल्ला सम्मेलन

IMG_20221108_112817.jpg

जलपाईगुडी: तृणमूल किसान खेत मजदूर संगठनको जिल्ला सम्मेलनको तयारी पूरा भएको छ। यसको तयारीका लागि जलपाईगुडीमा एक बैठक आयोजना गरिएको थियो। यही सम्मेलनबाट पञ्चायत निर्वाचनको काम सुरु हुने बताइएको छ। यो बैठक जलपाईगुडी सदर ब्लक २ द्वारा आयोजित गरिएको थियो। बैठकमा तृणमूल किसान खेत मजदूर संगठनका प्रवक्ता निताई कार लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। भेलामा जिल्लाका विभिन्न वडाका सयौंको संख्यामा सहभागी थिए।तृणमूल किसान खेत मजदूर संगठनको जलपाईगुडी जिल्ला सम्मेलन नोभेम्बर २२ मा हुने भएको छ। सम्मेलनमा संगठनका प्रदेश अध्यक्ष पूर्णेन्दु बोस मुख्य वक्ता रहनेछन्। तृणमूल किसान खेत मजदूर संघका प्रवक्ता निताई कारको नेतृत्वमा भएको बैठकमा सम्मेलनको विभिन्न तयारीका बारेमा विस्तृत छलफल भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement