जलपाईगुडी: जलपाईगुडीमा रास चक्र घुमाएर रास महोत्सव सुरु भयो। जलपाईगुडी सहरको लक्ष्मीनारायण मन्दिरमा सोमबार रातिदेखि सुरु भएको रास महोत्सव मन्दिरका अध्यक्ष अजित बर्मनले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा दर्शकहरुको बाक्लो भिड थियो। पूजाको अन्त्यमा भक्तजनका लागि रसचक्र खोलिएको थियो। यो जलपाईगुडी सहरमा पहिलो रास उत्सव हो। चाडपर्वलाई लिएर जनतामा निकै उत्साह थियो।