नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ६२५ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,६२,१४१ पुगेको छ। त्यहिं मार्च २०२० देखी येता प्रथम बार गत २४ घण्टामा कोरोनाले कसैको मृत्यु भएन। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,५०९ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १,११९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,१७,६११ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,७८℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज १४,०२१ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,५०,९९८ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल १९,२१,०४,९६० जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १,४३,३६८ जनाले कोरोना खोप लगाउनको साथ कुल २,१९,७४,५१,७५८ जनाले यो खोप लगाइसकेको छन्।