संविधानको धारा ३७१एफ विरूद्ध वयान दिनेलाई कड़ा कानुनी कार्यवाही गर्नुपर्ने प्रदेश भाजपाको माग

IMG-20221107-WA0384.jpg

गान्तोक: गत केही महिना अघि नयाँ दिल्लीको जन्तर मन्तरमा सिक्किमको अस्तित्व अनि सुरक्षा कवच संविधानको धारा ३७१एफ –को विरूद्ध धरनामा बस्ने एक व्यक्ति सामन्त कुमार गुप्तालाई सिक्किम पुलिसले अन्ततः पक्राउ गर्न सफल बनेको छ। भाजपा सिक्किमले सिक्किम पुलिसको उक्त सक्रिय कार्वाहीप्रति बधाई दिएको छ। दोस्रो विषय आज सिक्किम पुलिसद्वारा डाकिएको एउटा पत्रकार सम्मेलन पुलिसको तर्फबाट शुरूवाती छानबीनपछि विभिन्न सनसनीखेज खुलासाहरू गरेको विषय उल्लेख गर्दै पार्टीले उक्त व्यक्ति जसले सिक्किमको सुरक्षा कवच धारा ३७१एफ हटाउनुपर्ने माग गर्दै धर्ना शुरू गरेपछि सिक्किमबाट ७०० भन्दा अधिक फोनकलहरू उक्त व्यक्तिलाई गएको थियो भने धेरै मात्रामा उक्त व्यक्तिलाई समर्थन गर्दै आर्थिक सहयोगसम्म गर्ने आश्वासनका फोनकलहरू गएको सिक्किम पुलिसले पत्रकार सम्मेलनमा जानकारी दिएको बताएको छ। सिक्किमको सुरक्षा कवचलाई ध्वस्त गर्ने अभियानमा लागेको एउटा व्यक्तिलाई सिक्किमबाटै यतिविघ्न समर्थन र सहयोगको निम्ति फोनकलहरू जानु सिक्किमको निम्ति दुर्भाग्यजनक हुनका साथै ठूलो खतराको घण्टी पनि हो भनेको छ। राष्ट्रवाद साथै क्षेत्रीय भावनाको सम्मानलाई आफ्नो मूलमन्त्रमा चल्ने भारतीय जनता पार्टीले यस प्रकारको षड्यन्त्रहरूको घोर निन्दा अनि भर्त्सना जनाउँदै यसरी सिक्किमविरोधी तत्वहरूलाई समर्थन र सहयोग गर्ने ती षड्यन्त्रकारीहरूलाई खोजी-खोजी कड़ा कानूनी कार्वाही गर्नुपर्ने माग गरेको छ। एकातिर सिक्किम बढ्दो अनुप्रवेशले ग्रसित बनिरहेको छ भने यस प्रकारका सिक्किमविरोधी गतिविधिहरूलाई साथ दिएर आफ्नो राजनीतिक फाइदा खोज्ने, आफ्नो राजनीतिक दुनो सोझ्याउने साथै सिक्किम आमाको आस्तित्वको व्यापार गर्ने तत्वहरू सिक्किमभित्रबाटै सञ्चालित हुनु अत्यन्तै निन्दनीय विषय रहेको उल्लेख गरेको छ। सिक्किम र सिक्किमको अस्तित्वलाई कुनै बाहिरको राजनीतिक पार्टीबाट होइन तर राज्यभित्रै बसेका यस्ता सिक्किमविरोधी कुतत्वहरूबाट सबैभन्दा बेसी खतरा रहेको कुरा आज सिक्किम पुलिसद्वारा गरिएको सनसनीखेज खुलासाबाट स्पष्ट भएको छ। यस्ता व्यक्तिहरू जसले भारतीय संविधानको धारा ३७१एफ विरूद्धको अभियानमा समर्थन र सहयोग पुऱ्याएका छन्, त्यस्ता कुतत्वहरूलाई सिक्किमे जनता अघि उदाङ्गो पारेर संविधानविरोध अनि देशद्रोहको धारा अन्तर्गत कड़ा सजाय दिलाउन भाजपाले सिक्किम सिक्किम पुलिससमक्ष माग गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement