रम्फूमा गायन र नृत्य प्रतियोगिताको फाइनल अडिशन सम्पन्न

IMG_20221107_233139.jpg

रम्फू: मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र सांस्कृतिक विभागको ब्यानरमा राज्यका कलाकारहरुलाई लिएर आयोजित प्रतियोगिताको फाइनल अडिशन रम्फू स्थित श्री सुयश सत्संग धाम आश्रमको सत्संग हलमा सम्पन्न भयो।सिक्किम राज्यमा नौ वटा तहसीलहरुलाई लिएर गायन,नृत्य र नाटकको अंतिम छनौट गर्ने कार्यक्रम रहेको थियो।यस अघि डुवर्स भाग २ लाई लिएर जयगाऊँमा अनि भाग १ लाई लिएर सिलगड़ीमा फाइनल अडिशन सम्पन्न भई सकेको छ भने दार्जीलिङ जिल्लालाई लिएर १३ नोभेम्बरको दिन मंगपूमा फाइनल अडिशन हुने उत्तर पूर्वाञ्चल क्षेत्र संस्कृति बिभागका प्रभारी बिमल राईले जानकारी दिएका छन।

मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रमा प्रत्येक वर्ष आयोजन हुने द्वई दिवसीय सद्भावना सम्म्मेलन कोविड १९ को कारण द्वई वर्ष स्थागित गर्नु परेको थियो भने यो २०२२ मा फेरी भव्य रूपमा हुने उत्तर पूर्वाञ्चल क्षेत्र बाल सभा संयोजक लक्ष्मण राईले जानकारी गराए।किताबी ज्ञानले भौतिकी उन्नति गर्न सकिन्छ भने यो मानव धर्मको मञ्चले संस्कारी र ज्ञानी पनि बनाउन सिकाउँदै आइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement