भागोप सिक्किम शाखालाई पुनर्गठित गर्न तदर्थ समिति गठन

309118913_395738256080195_4697830567708555750_n.webp

गान्तोक: भागोप (भारतीय गोर्खा परिसंघ) को सिक्किम शाखालाई पुनर्गठित गर्न तदर्थ समिति गठन गरिएको छ। हिज राजधानी गान्तोकको विकास क्षेत्रस्थित नेपाली साहित्य परिषदको प्रेक्षागृहमा आयोजित एक सभामा भागोप सिक्किम शाखाको तदर्थ समिति गठन गरिएको छ। जागरण गीतबाट आरम्भ भएको सभालाई केन्द्रिय पदाधिकारीहरूद्वारा सम्बोधन गरिएको थियो। सभामा चुनिलाल घिमिरेको अध्यक्षतामा एउटा तदर्थ समिति गठन गरिएको छ।
पछि सञ्चारकर्मीहरूसित कुरा गर्दै अध्यक्ष चुनिलाल घिमिरेले यो समिति गठनको औचित्यबारे प्रकाश पार्दै सिक्किममा पनि यसको शाखा रहेको, यद्यपि निष्क्रिय रहेकोले यसलाई पुनर्गठित गर्नु आवश्यक रहेकोले तर्दथ समिति गठन गरिएको र चॉंडै नै स्थायी समिति गठन गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement