सिक्किमको धारा ३७१एफ विरूद्ध बोल्ने सुमन्त कुमार गुप्तको पक्राउ

IMG_20221107_223824.jpg

गान्तोक: सिक्किमको धारा ३७१एफ विरूद्ध बोल्ने सुमन्त कुमार गुप्तको पक्राउपछि धेरै कुराको खुलासा भएको छ। आज गान्तोक जिल्लाका पुलिस अधिक्षक तेञ्जिङ लोडेन लेप्चाको कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा तिनले उक्त कुराको खुलासा गरेका हुन्।
दिल्लीको जन्तर मन्तरमा सिक्किमको पुरानो कानुन ३७१एफ विरूद्ध बोल्ने सुमन्त कुमारलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सहयोग गर्ने राज्यका पाँच जनाको नाम तिनले बताएका छन्। तिनले बताएअनुसार एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नाल, सिक्किम बिहारी जागरण मञ्चका महासचिव बिरेन्द्र प्रसाद, डा. बीके प्रसाद, प्रेम गोयल र सिक्किम सुरक्षा समितिका सदस्य मदन तामाङ रहेका छन्।
दिल्लीमा धरना प्रदर्शन गरिरहेका आरोपी गुप्तलाई आर्थिकरूपमा सहयोग गर्ने पनि सिक्किमका केही मानिसहरूले आश्वासन दिएको आरोपीले केरकारको क्रममा पुलिसलाई बताएको एसपीले पत्रकारहरूलाई जानकारी गराए। तिनको भनाइअनुसार, आरोपी गुप्तलाई दिल्लीबाट गत १ नोभेम्बरको दिन सिक्किम ल्याइएको थियो। सदर थानामा पीआई अभिनाष लामीछानेको नेतृत्वमा गएको टोलीले लगभग ५० दिन देशका विभिन्न राज्य घुमेपछि अन्ततः मोबाइलको लोकेसन मार्फत दिल्लीबाट पक्राउ गर्न सफल भएको तिनले बताए।
तिनको भनाइअनुसार, गुप्तलाई सहयोग गर्ने यी पाँचजनालाई पुलिसले हिजो मात्र थानामा बोलाएर केरकार गरेको छ। तिनीहरूलाई फेरि पनि केरकारको निम्ति बोलाउन सकिने बताए। हाल आरोपी गुप्तलाई दस दिनको पुलिस हिरासतमा लिएको छ भने तिनीविरूद्ध आईपीसीको धारा १५३, ५०५ र ३४ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *