गान्तोक: अन्तराष्ट्रिय टुर्नामेन्टको निम्ति सिक्किमकी छोरी रेफ्री रेशमी छेत्री र सेन हाङ सुब्बालाई छनौट गरिएको छ। प्राप्त जानकारी अनुसार तिनीहरू दुईलाई भिन्न-भिन्न खेलमा रेफ्रीको निम्ति छनौट गरिएको हो।

रेशमी छेत्रीलाई अन्डर १५ साफ खेलको निम्ति चयन गरिएको छ, जुन खेलको आयोजना बंग्लादेशमा हुनेछ। सोही प्रकारले रेफ्री सेन हाङ सुब्बालाई दोस्रो नर्थ इस्ट ओलम्पिक्स गेम्सको निम्ति मनोनित गरिएको छ, जुन खेल मेघालयमा आगामी १-१७ नोभेम्बरमा शुरू हुँदैछ।