पञ्चायत चुनावलाई लिएर प्रशिक्षण कार्यक्रम

VVPAT-Election-voting-2-1024x427.jpg

गान्तोक: आगामी १२ नोभेम्बरमा हुने पञ्चायत चुनाउको मतगणनालाई लिएर नाम्चीको जिल्ला प्रशासनिक केन्द्रमा प्रशिक्षण कार्यक्रम आयोजना गरियो।यस अवसरमा स्रोत वक्ताको रूपमा महकुमा अधिकारी (मुख्यालय) चिरण रिजाल र महकुमा अधिकारी महेन्द्र छेत्री उपस्थित रहेका थिए। यस प्रशिक्षण कार्यक्रममा कूल ५० जना अधिकारीहरूले सहभागिता जनाएका थिए।स्रोतवक्ता महकुमा अधिकारीद्वयले राज्य चुनाउ आयोगको निर्देश बमोजिम मतगणना गरिनु पर्ने बताए। मतगणनाको निम्ति खटिएका अधिकारीहरूले लगनशील ढंगले मत गणना गर्न आवश्यक छ, जुन इलेक्ट्रोनिक भोटिङ मशनिमा रेकर्ड गरिएको हुन्छ। यसरी नै डाकबाट पठाइएको पोस्टल ब्यालेटको पनि उचित ढङ्गमा गन्ति गरिनु पर्ने सुझाउ दिएका छन्।उनीहरुले नाम्ची उच्च माध्यमिक विद्यालयमा बनाइने मतगणना कोठामा पर्याप्त व्यवस्था मिलाइने र नाम्ची पञ्चायत चुनाउ अधिकारीहरूको निगरानीमा मतगणना हुने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement