पुरस्कृत दुई नर्सहरुलाई मुख्यमन्त्रीले दिए शुभकामना

photocollage_2022117214019608.jpg

गान्तोक: सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले नेशनल फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार २०२१ले सम्मानित राज्यका दुई नर्सलाई बधाई साथै शुभकामना दिएका छन्।देशको राजधानी नयाँ दिल्लीस्थित राष्ट्पति भवनमा सम्पन्न भएको एक कार्यक्रमबिच राज्यका दुई जना नर्सलाई नेशनल फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार २०२१ ले सम्मानित गरियो। यो पुरस्कार देशकी राष्ट्रपति द्रोपदी मुर्मुको बाहुलीबाट प्रदान गरियो।
राज्यका दुई नर्स टिकादेवी पाण्डे र टाशी ल्हामु शेर्पालाई उक्त प्रतिष्ठित पुरस्कारले सम्मानित गरिएको छ। नेशनल फ्लोरेन्स नाइटिङगेल पुरस्कार नर्सहरूलाई उनीहरूको अनुकरणीय सेवा र समर्पणको लागि सम्मानित गरिने सबैभन्दा सर्वोच्च सम्मान हो। टिकादेवी पाण्डे ३३ वर्षदेखि यस पेशामा संलग्न रहेकी छन् भने टाशी ल्हामु भोटियाले २२ वर्षदेखि निरन्तर सेवा पुऱ्याउँदै आइरहेकी छन्।

About Author

Advertisement