सिलगढी: आज सिलगढीमा भारत- बङ्गलादेश मैत्री फुटबल म्याच २०२२ सिलगढी भेटेन प्लेयरमा एसोसिएसनको तत्वावधानमा आयोजना गरियो। आजको फुटबल खेल बङ्गलादेशको गोल्डन पास्ट क्लब बनाम सिलगढी भेटरन क्लबमा माझ सम्पन्न भयो। यस खेलमा सिलगढी भेटरनले २-० गोलले बङ्गलादेशलाई पराजित गयो यस खेल अवधि दुवै देशका फुटबल प्रेमीहरू लगायत फुटबल खेलाड़ी तथा अन्य उपस्थित थिए। खेल समाप्त भएपछि दुवै देशका खेलाडीहरूलाई मोमेन्टो प्रदान गरियो यस अवसरमा सिलगढी भेटरन प्लेयर्स एसोसिएसनका सचिव स्वपन दे-ले सबैलाई आभार जनाए।