युनाइटेड एफसी दार्जीलिङ सेमिफाइनलमा

photocollage_202211720347451.jpg

७ नोभेम्बरः अप्पर फागू स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशन (यूएफएससीए)-को तत्त्वावधानमा आयोजित नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा युनाइटेड एफसी दार्जीलिङले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। अप्पर फागू खेल मैदानमा सोमवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा युनाइटेड एफसी दार्जीलिङले कञ्चनजंघा एफसी (केएफसी), सिलगढ़ीलाई ६-३-ले पराजित गऱ्यो। विजेता टीमबाट वांगदेन लामा, प्रशान्त राई (भाइचुङ) र आशिष राईले २-२ गोल गरे। यसरी नै केएफसी-बाट अभिषेक दर्जीले २ अनि अरुण तामाङले १ गोल गरे। युनाइटेड एफसी दार्जीलिङका वांगदेन लामालाई प्लेयर अव् द म्याच चयन गरियो। मंगलवार खेलिने चौथो क्वार्टर फाइनल म्याचमा गोरुबथान एफसी र दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-बीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ९ र ११ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १४ नोभेम्बरमा हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट हिमाल राणाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement