दार्जीलिङ हिल युनिभर्सिटीमा अब रेगुलर क्लास लाग्ने

IMG-20221107-WA0198.jpg

गोर्खाल्याण्डको डिमाण्ड भाजपाको होइन, गोर्खाको हो: अनित थापा

दार्जिलिङ: दार्जीलिङ हिल युनिभर्सिटीका उपकुलपति ओम प्रकाश मिश्रले आज विधिवत विश्वविद्यालयको रेगुलर क्लासको उदघाटन गरे। आजको कार्यक्रममा गौर विश्वविद्यालयका उपकुलपति डा शान्ति छेत्री, जीटीए चिफ् अनित थापाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रम पश्चात मीडियासंग वार्तालाप गर्दै अनित थापाले विश्वविद्यालय विषय भने, “मैले राज्यको मुख्यमन्त्रीलाई हिल युनिभर्सिटीको निम्ति निवेदन गरेको थिए। त्यही निवेदन अनुरूप आज दार्जीलिङ हिल युनिभर्सिटीले उपकुलपति पाएको छ। उपकुलपति एकदमै सकारात्मक व्यक्ति हुनुहुन्छ। दार्जीलिङ हिल युनिभर्सिटी अब पूर्ण रूपले सञ्चालन हुनेछ। अब अनलाइन क्लास नभएर रेगुलर क्लास सुरु हुनेछ।’
विश्वविद्यालयको फ्याकल्टी विषय उनले भने, “विश्वविद्यालयको फ्याकल्टी पनि नियुक्ति भइसकेको जानकारी उपकुलपतिले दिनु भएको छ।”
विश्वविद्यालय ढिलो गरी सञ्चालन हुनुमा राज्य सरकार त दोषी छैन भनी गरिएको प्रश्नमा थापाले भने, “राज्य सरकारलाई दोष दिएर पहाडमा आजसम्म केही प्रगति भएको छैन। हामीले जे पाउँदैछौ त्यो ग्रहण गर्नेछौं अनि पाएको कुरालाई चलाएर लानेछौं।”

उत्तर बंगालमा अहिले चर्चामा आएको मुख्य मुद्दा हो युनियन टेरिटोरी जुन भाजपाले विभिन्न मञ्चबाट बताईरहेका छन्। अनित थापाले यस मुद्दामाथि आफ्नो विचार पोख्दै भने, “कसले सिटी दिदैछ? दियो भने राम्रो हो। तर हाम्रो मांग गोर्खाल्याण्ड हो। गोर्खाल्याण्डको डिमाण्ड भाजपाको होइन, गोर्खाको हो। भाजपा दिने पक्षको हो, डिमान्ड गर्ने पक्षको होइन। भाजपाले मांग राख्यो भन्नु सुहाउँदैन।”
विश्वविद्यालय कोविडकालमा सुरु गरिएको थियो। कोविडको कारण सबै क्लासहरु अनलाइन माध्यममा सञ्चालन भइरहेको थियो। विश्वविद्यालयमा करीब १०० विद्यार्थीहरुले अध्यापन गरिरहेका छन्। विश्वविद्यालय मङपुमा सञ्चालन भइरहेको छ। जोगीघाटमा विश्वविद्यालयको आफ्नै भवन निर्माणको कार्य चलिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement