खरसाङ: खरसाङमास्थित कटलेरी रोड, हिमाली स्कूल जाने रोड अनि मुर्दाहट्टी जाने रोडकाे मरमत्तिकाे काम शुरु हुन् गहिरहेकाे खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पाले जानकारी गराएका छन्। उनले जानकारी गराए कि हामीले कटलेरी क्षेत्र, हिमाली क्षेत्र अनि मुर्दाहट्टीकाे गाउँवासीहरुसित सभा गरेर बाटोको मरमत्ति कार्यले गर्दा गाउँवासीले सहयोग गरिदिने निवेदनलाई सबै क्षेत्रका गाउँवासीहरु, संघ संस्था र समाजहरुले पूर्ण रुपमा सहयोग गर्ने जिम्मेवारी पनि लिएको बताएका छन्। सभासद श्याम शेर्पाले विशेष जनताहरु समक्ष यो अपिल गरे कि मुर्दाहट्टी जाने बाटोकाे कार्य शुरु भएपछि शव लाने गाडीहरु हनुमान रोडबाट भएर कुदाई दिने निवेदन गरेका छन्। यसको साथै उक्त अवधिमा क्षेत्रवासीले पनि गाडी हनुमान रोड भएर चलाईदिने साथै क्षेत्रवासी कसैले पनि पानीको पाईप बदली गर्नु चहानेहरुले अहिले नै बाटो खनेर बदली गर्नु सक्नु हुनेछ भनी आह्वान् गरेका छन्। बाटोलाई गुणस्तरकाे काम गराउनुकाे लागि सबै सबैले सहयोग गरिदिने निवेदन गर्दैछौं भनी बताएका छन्।