सिलगढी: अवैध मानव बेचबिखनपछि उद्धार गरिएका महिलाहरूलाई मूलधारमा समावेश गर्न सिलगढी कानुनी सहायता फोरमले पहल गरेको छ। स्टेज व्यवस्थापन अन्तर्गत उद्धार गरिएका महिलाहरूलाई घर उपलब्ध गराउन पञ्जाबीपाडा, सिलगढीमा शर्ट स्टे होमको उद्घाटन गरियो। राज्य महिला आयोगकी अध्यक्ष लीना गंगोपाध्यायले आज दिप प्रज्वलन गरी यस घरको उद्घाटन गरेकी हुन्। कार्यक्रममा सिलगढी नगर निगमका मेयर गौतम देव र उपमेयर रञ्जन सरकार उपस्थित थिए।