अलिपुरद्वार: काल्चिनी ब्लकको राजाभटखवा क्षेत्रमा सोमबार एक व्यक्तिको झुण्डिएको अवस्थामा शव फेला परेपछि पूरै क्षेत्रमा सनसनी फैलिएको छ। स्थानीय स्रोतका अनुसार “आज बिहान त्यस क्षेत्रका २३ वर्षीय अमित उराँउका परिवारले झुण्डिएको अवस्थामा फेला पारेपछि तत्कालै लताबारी ग्रामीण अस्पतालमा पुर्याइएका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। काल्चिनी प्रहरी चौकीले शव बरामद गरी पोष्टमार्टमका लागि पठाएको छ।