मालदा: मालदाका एसडीओ को कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ भनेे एक बालकसहित दुई जना घाइते भएका छन्। घटना मालदा सहरको बांध रोड क्षेत्रको हो। घाइतेहरूलाई मालदा मेडिकल कलेज र अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनामा एसडीओ को गाडीमा क्षति पुगेको छ। दुर्घटनापछि तीन जनालाई घाइते अवस्थामा मालदा मेडिकल कलेज र अस्पतालमा ल्याइएको बताइएको छ, जहाँ मोटरसाइकल चालकको गम्भीर अवस्थामा उपचारको क्रममा मृत्यु भएको छ।पुलिस ले घटनाको अनुसन्धान गरिरहेको छ। पुलिस स्रोतका अनुसार मृत्यु हुने मोटरसाइकल चालकको नाम पप्पु दास (३५) रहेको छ। उनी पुरानो माल्दाको बाला साहपुर क्षेत्रका बासिन्दा थिए। उनी आइतबार राति इंग्लिशबजार थाना क्षेत्रको गदुवार मोरस्थित ससुरा घरबाट श्रीमती र छोरीसहित घर फर्कदै गरेको बताइएको छ। बाटोमा उनलाई एसडीओको गाडीले ठक्कर दिएको थियो। शव पोष्टमार्टमका लागि पठाइएको छ।









