फूटबलबाट सन्न्यासको घोषणा गरे दिग्गज डिफेण्डर निर्मल छेत्रीले

IMG-20221107-WA0180.jpg

७ नोभेम्बरः भारतीय फूटबल टीमका निर्भरयोग्य डिफेण्डर निर्मल छेत्रीले सोमवार खेलबाट सन्न्यासको घोषणा गरे। सिक्किमको मल्ली निवासी ३२ वर्षीय निर्मल छेत्रीले सोशल मीडियाको माध्यमले फूटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन्। यसअघि शुक्रवार सिक्किमकै अन्य एक दिग्गज डिफेण्डर रबिन गुरुङले पनि खेलबाट सन्न्यासको घोषणा गरेका थिए। आफ्नो स्वर्णिम करियरमा १९ वटा म्याचमा भारतीय सीनियर पुरुष टीमको प्रतिनिधित्व गर्ने निर्मलले क्लब स्तरमा पनि भारतका शीर्ष टीमहरूको प्रतिनिधित्व गरेका थिए। यसमा मुख्य रूपले ईष्ट बेंगल सामेल छ। कलकत्ताको यस क्लबमा उनले १२५ वटा म्याच खेलेका थिए। पेशादार फूटबलमा एयर इण्डियाको साथ करियरको शुरुवात गर्ने निर्मलले पछिबाट ईष्ट बेंगल, मोहन बगान, मोहमेडन स्पोर्टिंग क्लब, केरला ब्लास्टर्स, डेम्पो, नर्थ ईष्ट युनाइटेड, डीएसके शिवाजियन्स, एफसी गोवा, आरजी पञ्जाब र हालै कलकत्ताको सदर्न समितिको जर्सी लगाएर मैदानमा आफ्नो छाप छोड़ेका थिए। उनले भारत अण्डर-२३ टीमको पनि प्रतिनिधित्व गरेका थिए। नाम्ची स्पोर्ट्स होस्टलबाट फूटबल करियरको शुरुवात गरी आफ्नो भव्य करियरमा लगभग सबै ट्रफी जित्ने निर्मल राष्ट्रिय फूटबल टीमको जर्सी लगाउन पाएको दिनलाई आफ्नो करियरको सबैभन्दा यादगार क्षण मान्छन्। साल २०११-मा साफ च्याम्पियनशीप जित्ने भारतीय टीमका उनी सदस्य रहेका थिए। यसरी नै उनको उपस्थितिमा भारतले २०१२-मा नेहरु कप जितेको थियो। भारत अण्डर-२३ टीमको साथ उनले २००९-मा साफ च्याम्पियनशीप खेलेका थिए। एउटा विशेष कुराकानीको क्रममा निर्मल छेत्रीले आफ्नो परिवारलाई समय दिन अनि खेलको साथमा यस समाजको हितमा कार्य गर्नको निम्ति फूटबलबाट सन्न्यास लिने फसेला गरेको बताए। निर्मलले भने, यो फसेला लिनु कठिन थियो। त्यस खेलदेखि अलग रहनु सम्भव छैन, जसलाई म सबैभन्दा धेर माया गर्छु। यसैकारण आफ्नो परिवार र आफन्तहरूबाट परामर्श लिएर मैले यस्तो फसेला गरे। भारतको जर्सी लगाएर खेल्नु मेरो करियरको सबैभन्दा यादगार क्षण रह्यो। यसबाहेक देश र विदेशका केही शीर्ष खेलाड़ीहरूसँग ड्रेसिंग रूममा बिताएको क्षणहरू म कहिले भुल्ने छुइनँ। अन्तमा म आफ्ना ती सबै पूर्व क्लब, प्रशिक्षक, साथी खेलाड़ीहरू, मीडिया स्टाफ र शुभचिन्तकहरूलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई हरेक पाइलामा समर्थन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement