हात्तीको बथानले धानबारीमा विनाश मच्चायाे

IMG_20221107_145337.jpg

सिलगढी: सिलगढी नजिकैको नक्सलबारीको लालीजोतमा हिजो राति हात्तीको समूहले हंगामा मच्चायो। खानाको खोजीमा गएराति कालाबारी जंगलबाट हात्तीको बथान निस्केर नजिकैको गाउँमा पसेर धानबारीमा हंगामा मच्चाएको बताइएको छ। हात्तीलाई भगाउन स्थानीयले बत्ती र पटाका फालेका छन्। लगत्तै तुकारीझार वन विभागका कर्मचारीले घटनास्थल पुगेर हात्तीलाई जङ्गलतर्फ धपाएका थिए ।यहाँ हात्तीका कारण गाउँका जनता आतंकित छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement