प्रीमियर लीगः आर्सनल र लिभरपूलको रोमाञ्चक जीत, म्यानचेष्टर युनाइटेडको हार

IMG_20221107_114341.jpg

७ नोभेम्बरः आर्सनल र लिभरपूलले ईंग्लिश प्रीमियर लीगको हाई भोल्टेज म्याचमा जीत हासिल गऱ्यो। यसबीच म्यानचेष्टर युनाइटेड चाहिँ फेरि एकपल्ट लाजमर्दो हारको सम्मुखीन भयो। प्रीमियर लीगको जारी सीजनमा शुरुदेखि नै शीर्ष स्तरको प्रदर्शन गर्ने आर्सनलले आइतवार राति खेलिएको म्याचमा चेल्सीलाई १-०-ले पराजित गऱ्यो। चेल्सीको होम ग्राउण्ड स्टेमफोर्ड ब्रीजमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट गेब्रियल मागालहेसले ६३औं मिनटमा गोल गरे। चेल्सीलाई पूरा म्याचमा संघर्ष गरिरहेको देखियो। यस रोमाञ्चक जीतको साथ आर्सनल १३ वटा म्याचमा ३४ पोइण्ट लिएर प्रीमियर लीग टेबलको शीर्ष स्थानमा पुग्यो। यसरी नै चेल्सी १३ वटा म्याचमा २१ पोइण्टको साथ सातौं स्थानमा रहेको छ। लिभरपूलले पनि रोमाञ्चक म्याचमा टोटनह्याम हट्स्पर विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। टोटनह्यामको होम ग्राउण्डमा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूललाई दुवै गोल मोहामेद सलाहले पहिलो हाफमा दिलाए। मिस्रका यस दिग्गज स्ट्राईकरले ११औं र ४०औं मिनटमा गोल गरे। यसरी नै टोटनह्यामबाट ह्यारी केनले ७०औं मिनटमा गोल गरे। यस जीतको साथै लिभरपूल १३ वटा म्याचमा १९ पोइण्टको साथ आठौं स्थानमा पुग्यो। यसरी नै चौथो स्थानमा रहने टोटनह्यामसँग १४ वटा म्याचमा २६ पोइण्ट रहेको छ।
यसबीच म्यानचेष्टर युनाइटेडको फर्ममा उतार-चड़ाउको क्रम जारी रह्यो। आइतवार राति म्यानचेष्टर युनाइटेडले एस्टन भिल्ला विरुद्ध १-३-ले हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्डमा ४१ प्रतिशत पोजेशनको साथ खेल्ने एस्टन भिल्लाले पूरा म्याचमा युनाइटेडमाथि दबाउ सृष्टि गऱ्यो। वास्तवमा म्याचको चारैवटा गोल एस्टन भिल्लाका खेलाड़ीहरूले छिराए। विजेता टीमबाट लिओन बेलीले सातौं, लुकास डिग्नेले ११औं र जेकब रामसेले ४९औं मिनटमा गोल गरे। यसरी नै एस्टन भिल्लाका जेकब रामसेले ४५औं मिनटमा आत्मघाती गोल गर्दा म्यानचेष्टर युनाइटेडले हारको अन्तरलाई कम्ती गऱ्यो। यस हारपछि म्यानचेष्टर युनाइटेड १३ वटा म्याचमा २३ पोइण्टको साथ पाँचौं स्थानमा रहन पुग्यो। यसरी नै १३औं स्थानाम रहने एस्टन भिल्लासँग १४ वटा म्याचमा १५ पोइण्ट रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा न्यूक्यासलले साउथम्प्टनलाई ४-१-ले अनि क्रिस्टल प्यालेसले वेष्ट ह्यामलाई २-१-ले पराजित गऱ्यो। न्यूक्यासल अहिले १४ वटा म्याचमा २७ पोइण्टको साथ तेस्रो स्थानमा रहेको छ। यसरी नै दशौं स्थानमा रहने क्रिस्टल प्यालेससँग १९ पोइण्ट रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement