अलिपुरद्वार: काल्चिनी ब्लकको हासिमारा १० नम्बर क्षेत्रमा एसियाली राजमार्गमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जानकारी अनुसार काल्चिनी ब्लकको दलसिङपारा प्रहरी चौकी बस्ने ३२ वर्षीय खोज क्षेत्री स्कुटरमा दलसिङपाराबाट हसिमारा जाँदै थिए। यसैबीच हसिमारा १० नम्बर क्षेत्रमा तीव्र गतिको गाडीले स्कुटरलाई पछाडिबाट ठक्कर दिएर घटनास्थलबाट भागेको हो।एसियन हाइवेमा गाडीसँग ठोक्किएपछि खोज क्षेत्री खसेका थिए। हासिमारा आउट पोस्टका प्रहरी र स्थानीयवासीले घाइते खोज क्षेत्रीलाई उद्धार गरी नजिकैको अस्पतालमा पुर्याएकामा उपचारको क्रममा गए राति मृत्यु भएको हो। सोमबार हासिमारा आउट पोस्ट पुलिसले शव बरामद गरी पोस्टमार्टमको लागि अलीपुरद्वार जिल्ला अस्पतालमा पठाएको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।