टाई ब्रेकरमा सुकिया एफसी विजयी

IMG_20221107_092649.jpg

७ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को आयोजनमा आइतवारदेखि ओपन फूटबल टुर्नामेण्ट शुरु भयो। माझीधुरा खेल मैदानमा भएको उद्घाटन म्याचमा सुकिया एफसी-ले चटाईधुरा एफसी-लाई टाईब्रेकरमा पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयमा सुकिया एफसी-बाट सिद्धार्थ र छोगेल तामाङले गोल गरे। यसरी नै चटाईधुरा एफसी-बाट जिग्मी योञ्जन र सिद्धुले गोल गरे। यस टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २४ र २५ नोभेम्बरमा हुनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा पुग्ने दुईवटा टीमलाई १०-१० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement