दीपक गजमेर स्मृति भेटरन फूटबलः कालेबुङ भेटरन्स र सोनादा भेटरन्स प्री-क्वार्टर फाइनलमा

photocollage_20221179245359.jpg

७ नोभेम्बरः घूम जोरबंग्लो भेटरन्सको तत्त्वावधानमा आयोजित दीपक गजमेर स्मृति भेटरन (४० वर्षभन्दा माथि) फूटबल टुर्नामेण्टमा कालेबुङ भेटरन्स र सोनादा भेटरन्सले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय घूम बोइज हायर सेकेण्डरी स्कूल खेल मैदानमा आइतवार भएको पहिलो म्याचमा कालेबुङ भेटरन्सले बिजनबारी भेटरन्सलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट आर प्रधानले २ गोल गरे। यसबाहेक बादल योञ्जन र अनिल थापाले १-१ गोल गरे। यसरी नै दोस्रो म्याचमा सोनादा भेटरन्सले युनाइटेड भटेरन्स कालेबुङलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट मिलन राई र लाक्पा तामाङले गोल गरे। यस भेटरन्स टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २५ दिसम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement