६ नोभेम्बरः रिषिहाट टी स्टेट, दार्जीलिङको जीवन ज्योति परिवारको तत्त्वावधानमा आयोजित ओपन गर्ल्स नक्आउट फूटबल टुर्नामेण्टमा सोरेंग एफसी र मंगपू-लाब्दा एकाडमीले सेमिफाइनलमा स्थान बनायो। आइतवार खेलिएको पहिलो म्याचमा सोरेंग एफसी-ले एनडीजीएससी रानाडाँड़ालाई ९-०-ले पिट्यो। विजेता टीमबाट नमिता गुरुङ, डेछेन लेप्चा, सञ्जना सुब्बा र प्रियंका थापाले २-२ गोल गरिन्। यसबाहेक एक गोल मुस्कान सुब्बाले गरिन्। यसरी नै दोस्रो म्याचमा मंगपू-लाब्दा एकाडमीले युनाइटेड रिषिहाट स्पोर्टिंग क्लबलाई ५-१-ले पराजित गऱ्यो।

विजेता टीमबाट कुसुम छेत्रीले ह्याट्रिक गरिन्। यसबाहेक सुकमित लेप्चाले २ गोल गरिन्। यसरी नै युनाइटेड रिषिहाट स्पोर्टिंग क्लबबाट निकिता राईले १ गोल गरिन्। यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर-अप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट सिद्धान्त तामाङले बताएका छन्।