साहित्य प्रकाशनद्वारा दिवंगत साहित्यकारहरूलाई श्रद्धाञ्जली

IMG-20221106-WA0323.jpg

गेजिङ: पश्चिम सिक्किम साहित्य प्रकाशनको एक सभा आज गेजिङ स्थित एउटा होटलमा केदार गुरूङको अध्यक्षतामा सम्पन्न भयो। सभाको पहिलो चरणमा भर्खरै स्वर्गबास भएका तीन साहित्यकार स्वर्गीय वीणाश्री खरेल, स्वर्गीय गुप्त प्रधान र डाक्टर रुद्र मास्केको निधनमा दुई मिनट मौनधारण गरिएको थियो। पश्चिम सिक्किम साहित्य प्रकाशनका कार्यकारिणी सभापति गोबर्धन बास्तोलाले उक्त साहित्यकारहरूले साहित्यको क्षेत्रमा दिएको योदानवारे जानकारी दिँदै साहित्यलाई निरन्तरता दिने अविरल रूपमा काम गरिरहनुपर्ने सुझाव राखे। ३१औं नेपाली भाषा मान्यता दिवसको दिन विमोचन गरिएको पद्मश्री केदार गुरूङद्वारा लिखित कथा संग्रह पनि सम्पूर्ण साहित्य प्रकाशनका सदस्यहरूलाई प्रदान गरेका थिए भने यस वर्ष दिल्लीमा हाम्रो स्वाभिमान गुठीद्वारा हाम्रो गौरव पुरस्कार प्राप्त गरेकोमा सम्पूर्ण सदस्यहरूले केदार गुरूङलाई बधाई पनि दिएका छन। यस कार्यक्रममा साहित्य प्रकाशनकी अध्यक्ष रिकी लामु लेप्चा,मूल सचिव लक्ष्मीप्रसाद गुरूङ,सम्पादन गण लगायत अन्य सदस्यहरूकाे उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement