दार्जीलिङ– द हिमाल वर्ल्डको आयोजना औ जीटीए तथ्य औ संस्कृति विभाग र पर्यटन विभागको सहयोगितामा सम्पन्न दोस्रो राष्ट्रिय देउसे-भैलो प्रतियोगिताको समापन आज दार्जीलिङ चौरास्तामा भव्यरुपमा सम्पन्न भयो। जीटीए चेयरम्यान अनित थापा र भाइस चेयरम्यान राजेश चौहान सूचना औ संस्कृति विभागको सभासद अनोस थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा अन्यान्य विशिष्ट अतिथिहरुमा रेडियो खरसाङका निष्पादक पारसचन्द्र आले, जीटीए सूचना औ सांस्कृतिक विभागका सहनिर्देशक भावुकान्त घिसिङ, सुचना औ संस्कृति विभागको कार्यकारी निर्देशक साम्देन डुक्पा, पर्यटन विभागको कार्यकारी निर्देशक सोनम भोटिया, समाजसेवी ज्योति कार्की, लगायत निर्णायक मण्डलीमा अनिता निरौला, पूरण गिरी, दुर्गा खरेल, केबी वातर, उषा गोम्देन, मेनुका प्रधानको उपस्तिथि रहेको थियो।

वरिष्ठ पत्रकार मोहन लामा र सबिना गिरीको सञ्चालनमा सम्पन्न सो समारोहमा अन्ततः भैलो टोलीको विजेता जनकल्याण संघ कालेबुङ बोङ बस्तीलाई जीटीए चेयरम्यान अनित थापा र द हिमाल वर्ल्डको प्रमुख प्रमोद गिरीको बाहुलीबाट पुरस्कार प्रदान गरिएको थियो भने यसैगरी दोस्रो स्थानमा दार्जिलिङ विश्वकर्मा यूथ समाज, तेस्रोमा राधाकृष्ण परिवार लिङजे, चौथोमा कालेबुङ तारेगाउँ र पाँचौँ स्थानमा पत्थरझोड़ा वैष्णवी ग्रुपलाई पुरस्कार प्रदान गरिएको थियो। यसैगरी देउसेमा जनकल्याण संघ कालेबुङ, दोस्रोमा तारेगाउँ कालेबुङ, तेस्रो जनसेवा संघ, चौथोमा मिरिक विश्वकर्मा समाज र पाँचौमा हेल्लो वेभ गोरुबथानलाई पुरस्कार प्रदान गरिएको थियो।कार्यक्रम सम्बन्धमा द हिमाल वर्ल्डको प्रमुख प्रमोद गिरीले दोस्रो राष्ट्रिय देउसे-भैलो प्रतियोगिता आयोजन गर्नुको उद्देश्य हाम्रो संस्कृति संरक्षण गर्नलाई गरिएको र जीटीएले यसको निम्ति सहयोगिता दिएकोमा धन्यवाद ज्ञापन गरेका छन।