मङपु(केशर तामाङ): शिक्षा भित्र राजनीति नहालौ। शिक्षाभित्र राजनीति पस्यो भने हाम्रै पहाडको भविष्य बिग्रेर जानेछ भनी समारोहका प्रमुख अतिथि जीटीए अध्यक्ष अनित थापाले जनाए/सरस्वती उच्चतर माध्यमिक विद्यालय, मङपुले आफ्नो स्थापनाको ७५औं वर्षगाँठको कौस्तुभ जयन्ती दुई दिवासीय कार्यक्रम भब्यताको साथ एनबी छेत्रीको अध्यक्षतामा पालन गर्यो। यही अवसरमा मुख्य अतिथिको रुपमा उपस्थित जीटीए चिफ अनित थापा अनि विशिष्ट अतिथि रोहित महाराजको बाहुलीबाट विद्यालयका भुपु. प्रधानअध्यपक स्वर्गीय एम बी राईको सालिगको अनावरण पनि गरियो। शालिग निर्माणको निम्ति अनित थापाले आर्थिक सहायता गरेकोमा सरस्वती विधालय परिवारले जीटीए चीफ थापालाई आभार ब्याक्त गरेका छन् यसै अवसरमा अनित थापाले विद्यालयका प्रबन्धन, शिक्षक शिक्षिका, विद्यार्थी अनि मङपूवासिलाई बधाई दिँदै भने, “शिक्षालाई राजनीति देखि टाढा राख्नु सके मात्र गुणात्मक शिक्षाको परिकल्पनालाई हामी साकार रुप दिनु सक्छौ भनी जनाए।अनित थापाले आफू पनि मङपुवासी रहेको बताए। सरस्वती उच्चतर विद्यालयले पहाडलाई धेरै प्रतिष्ठित व्यक्तित्वहरू दिएका छन् भने। उनले साहित्यकारहरुको सूची धेरै लामो रहेको पनि बताए।
यस ठाउँलाई मात्र नभएर पहाडको शैक्षिक विकासको निम्ति पनि हिल युनिभर्सिटी को स्थापना भएको बताउँदै उनले भने, “हामीले मङपुमा विश्वविद्यालय ल्यायौं। भोलि मात्र उपकुलपति यहाँ आउनु हुँदैछ। अब विश्वविद्यालयमा रेगुलर क्लास सुरु हुनेछ।”यहाँको कलाकार, साहित्यकार, विद्यार्थीहरूको निम्ति कुनै सामाजिक भवन नभएको कारण उनले भवन निर्माण गरिदिने वचन दिँदै भने, “मङपूमा हामी अडिटोरियम निर्माण गर्नेछौ। मेरो एउटै निवेदन छ शिक्षा भित्र राजनीति नहालौ। शिक्षाभित्र राजनीति पस्यो भने हाम्रै पहाडको भविष्य बिग्रेर जानेछ भनी अनित थापाले थप जनाए। भु.पु: प्रधान अध्यक्षपक एन. बी. छेत्रीको अध्यक्षता सप्पन्न भएको आजको समारोहका विशिष्ट अतिथिहरुमा क्षेत्रीय सभासद रतन थापा; गुरुजी रोहित महाराज; गगन महाराज; सी.के श्रेष्ठ; डा. जीसी सुब्बा; डी. बी. थापा; दिलीप गुरुङ; विधालयको प्राध्यापिका चन्द्रकला राई अनि अन्य अतिथिगण उपस्थित थिए। शिक्षक असित थापा; बिशोर कार्की; शरद रावत अनि शिक्षिका सुरेखा गुरुङले सन्चा लन गरेको कौस्तुभ जयन्ती समारोहमा जी. एल. सुब्बा; मानबीर राई; एम. डी. थापा आरबी राई अनि मंगलदास गुरुजीको स्मृतिमा श्रेणी कोठाहरुको नाम राख्नको साथै उनीहरुको घर परिवारबाट यस कार्यशालाको उद्घाटन गरियो यसरी विधालय अनि मङपुको इतिहास माथी सुरेन्द्र थीङले दुई कुरा राखे।