पूर्व सैनिक साथै बीर नारीहरूलाई सम्मान जनाइयो

IMG-20221106-WA0318.jpg

गान्तोक: देउरालीस्थित डिफेन्स अडिटोरियममा पूर्व सैनिक र बीर नारीहरूलाई अभिनन्दन जनाउने कार्यक्रम सम्पन्न भयो। व्लैक क्याट डिभीजनद्वारा आयोजित यस कार्यक्रममा मेजर जनरल गम्भीर सिंह मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस अवसरमा बीर नारी साथै शहीदका परिवारलाई सम्मान जनाइयो।

कार्यक्रमलाई सम्बोधन गर्दै मेजर जनरल गम्भीर सिंहले यसरी सबै जना आइदिएकोमा धन्यवाद दिँदै आभार प्रकट गरे। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य पूर्व सैनिकहरूको योगदानलाई कदर गर्दै आभार प्रकट गरिनु रहेको बताए। देशको निम्ति आफ्नो प्राणको आहुती दिने सैनिकहरूलाई सम्मान जनाउन पाउँदा सम्पूर्ण बटालियननले नै खुशी महसुस गर्ने उनले जनाए। यसरी नै आजको यस कार्यक्रममा पूर्व सैनिकहरूको समस्या साथै गुनासोलाई पनि सुन्ने र शीघ्र समाधान गरिने उनले बचन दिए। गाउँ- गाउँमा पुगेर सेनाका जवानहरूले पूर्व सैनिकहरूको अवस्थाबारे पनि जानकारी लिँदै आएको उनले बताए। उनले पूर्व सैनिकहरूलाई समाजमा बसेर समाजप्रति योगदान पुऱ्याउने पर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement