टिंगलिंगमा च्याम्पियन्स कप शुरुः पाइनहल एकाडमी, मरमाह एफसी र नेपाल स्टार्स विजयी

IMG-20221106-WA0316.jpg

६ नोभेम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। स्थानीय गढ़ी खेल मैदानमा आज तीनवटा म्याच खेलियो। पहिलो म्याचमा पाइनहल एकाडमीले ग्रीन लन स्कूललाई टाई ब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा मरमाह एफसी-ले मिलिकथोंग एफसी-लाई ५-१-ले पिट्यो। दिनको तेस्रो म्याचमा नेपाल स्टार्सले टिंगलिंग युनाइटेडलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट नीरजले २ गोल गरे।

यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement