सामसिङ जन कल्याण सङ्घद्वारा न्यानो वस्त्र वितरण

4321f31c-d1ea-43a5-8291-5123a21e2edb


सामसिङ- सामसिङ जन कल्याण सङ्घद्वारा विगत धेरै वर्षदेखि विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेको यी सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आज सामसिङ चियाबारीमा सामसिङ जन कल्याण सङ्घको तर्फबाट आवश्यकमन्दहरूलाई न्यानो कपडा वितरण गरियो। कपडा वितरण गर्न अघि सङ्घका अध्यक्ष सञ्जयराज विश्वले सङ्घको विषयमा दुई कुरा राख्दै कपडा वितरण विषयमा जानकारी गराए। यस न्यायो लुगा उपलब्ध गराइ दिनुहुने चिलाउने चियाबारीका समाजसेवी अनन्त प्रधान, सामसिङका सजिता विश्व, सोयल विश्व, वर्षा विश्व आदिलाई सङ्घको तर्फबाट धन्यवाद टक्राएका छन्। आजको कार्यक्रममा सङ्घका अध्यक्ष सञ्जयराज विश्व आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement