सिक्किममा ड्रग्स सेवन घट्नुको साटो बडिरहेको छ: भाजपा सिक्किम प्रदेश

IMG_20221106_224820.jpg

गान्तोक: सिक्किममा ड्रग्सको सेवन घट्नुको साटो निरन्तर बढ़िरहेको छ भनी भारतीय जनता पार्टीले दाबी गरेको छ। सिक्किममा ड्रग्सको चलखेल बेढ़ाकाले नै आपराधिक घटनाहरू पनि बढ्न थालेको प्रदेश भाजपाले बताएको छ।प्रदेश भाजपा अध्यक्ष डीबी चौहानले राजधानीमा आज आयोजित एक संवाददाता सम्मेलनमा यो कुरा भने। उनले सिक्किममा ड्रग्सको सेवन घटिरहेको छ भन्ने दाबी सत्य नरहेको बताए। उनले रिपोर्टहरू अनुसार सिक्किममा ड्रग्सको सेवन लगातार रूपमा बढ़िरहेको बताए। उनले सिक्किममा १० वर्षदेखि माथि उमेरमा नानीहरू यसमा संलग्न रहेको पनि रिपोर्टमा खुलासा गरिएको छ भनी बताए।उनले सिक्किमको जनसंख्याका ठूलो जमात ड्रग्समा संलग्न रहनुको मुख्य कारण यसको सहज उपलब्धता रहेको बताए। उनले सिलगढीबाट सहजै प्रतिबन्धित नशालु पदार्थहरू राज्यमा ओसार-पोसार भइरहेका छन् भनी दाबी गरे। अर्कातिर, राज्यका कतिपय फार्मा कम्पनीहरूले पनि ड्रग्स उत्पादन गरिरहेका छन् र त्यहॉंबाट अवैध रूपमा आपूर्ति भइरहेको कुरा पनि प्रकाशमा आइसकेको उनले जानकारी गराए।हालैमा संसदमा एकजना केन्द्रिय राज्य मन्त्रीले प्रश्नहरूको जवाफमा सिक्किममा व्यापक मात्रामा हेरोइन जफत गरिएको आंकड़ा प्रस्तुत गरेको विषयलाई पनि अध्यक्ष चौहानले उठाए। यदि उक्त आंकड़ा सही थिएन भने सिक्किमका सांसदहरूले किन खण्डन गरेनन् भनी उनले प्रश्न तेर्साए। अर्कोतिर, सिक्किम सरकारले पनि यस सम्बन्धमा अहिलेसम्म स्पष्टीकरण नदिएको उनले बताए। उनले सिक्किमको राष्ट्रिय स्तरमा बेइज्जती भएको छ भन्दै सरकार समक्ष अविलम्ब आफ्नो रिपोर्ट साझा गर्न माग गरे।प्रदेश भाजपा अध्यक्षले ड्रग्सको चलखेल रोकथाम गर्न सरकारलाई एण्टी ड्रग्स स्क्वाड गठन गरेर कारबाही गर्न सुझाउ दिए। उनले सिक्किम समाजले पनि यस विषयलाई गम्भीरतासॅंग लिनु आवश्यक रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement