मालदा: रासनमा गुणस्तरहीन चामल दिएको भन्दै स्थानीयवासीले सडकमा चामल फालेर विरोध गरेका छन्। तर, राशन व्यापारीले ती गुनासो निराधार भएको बताएका छन्। मालदा जिल्लाको हरिश्चन्द्रपुर नम्बर एक ब्लक अन्तर्गत तुलसीहाटा ग्राम पञ्चायतको पारो गाउँमा आइतबार स्थानीय मानिसहरूले राशन डिलर धनञ्जय साहविरुद्ध सडकमा चामल फालेर विरोध प्रदर्शन गरेका छन्। लामो समयदेखि रासनमा निकै कम गुणस्तरको चामल दिइँदै आएको गाउँलेको गुनासो छ। यसमा प्लाष्टिकको चामल पनि हुन्छ। त्यो भात खाँदा धेरै मानिस बिरामी परेका छन्। भात पकाउँदा कृत्रिम भात भएको देखिन्छ। यसबारे रासन डिलरलाई पटक–पटक भनिए पनि कुनै समाधान भएन।