जल जीवन मिशन अन्तर्गत खरसाङको गाड़ीधुरा मरियनबारीमा पानीको योजनाको शिलान्यास

IMG-20221106-WA0280.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत गाड़ीधुरा मरियनबारीमा जल जीवन मिशन परियोजनाको आज शिलान्यास गरियो। मोठ तीन करोड़ तेह्र लाख अठाह्र हजार रूपियाँको लगतमा रहेको पानीको योजनाको शिलान्यास जीटीएको मातृ एंव शिशु कल्याण विभागकी भारप्राप्त सभासद कल्पना प्रधानको बाहुलीबाट गरियो। खरसाङदेखि केहि मुनि रहेको गाड़ीधुराको मरियनबारी खेल मैदानमा सम्पन्न कार्यक्रमको अध्यक्षता भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गाड़ीधुरा ब्लक अध्यक्ष सुवास छेत्रीको गरेका थिए। गाड़ीधुरा मरियनबारी ब्लक समिति मुख्य सल्लाहकार साथै खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामुले संचालन गरेको कार्यक्रमलाई पीएचई विभागका कार्यकारी अभियान्ता मणिरत्न मंग्रान्ती, कार्यकारी सभासद कल्पना प्रधान, जीटीए कार्यपाल राजनैतिक सल्लाहकार बिन्नी शर्मा, मनोतित सभासद प्रणाम रसाइली, खरसाङ महुकमा समिति सभापति सुवास प्रधान आदिले सम्बोधन गरेका थिए। यसै अवसरमा सभासद कल्पना प्रधान, मनोनीत सभासद प्रणाम रसाईली, कार्यकारी अभियान्त मणिरत्न मंग्रान्ती, जीटीए प्रमुख कार्यपालका राजनैतिक सल्लाहकार बिन्नी शर्मा आदिलाई सम्मान पनि जनाइयो। स्थानीय नानीहरूद्वारा नृत्य प्रस्तुत गरिएको कार्यक्रममा आफ्नो सम्बोधन राख्दै कल्पना प्रधानले जल जीवन मिशन अन्तर्गत गाड़ीधुरा साथै मरियनबारीमा हुन गईरहेको कार्यलाई सबैले सहयोग गरिदिने अपिल गरिन् साथै दुइ-चार पैसाको लोभमा लागेर कार्यलाई बाधा उत्पन्न नगरिदिने अनुरोध गरिन। तिनले आज शिलान्यास गरिएको पानीको योजनाको कार्य असल प्रकारले हुन पर्ने साथै ठेकादारले स्थानीय जनतासित मिलेर कार्य गर्ने साथै जनताले पनि ठेकादारलाई सहयोग गर्न पर्ने सुझाव दिइन्। उनले आज शिलान्यास गरिएको योजनाहरूको काम असल र गुणस्तरीय हुनुपर्छ भनी जनाइन्। कार्यक्रममा मनोनीत सभासद प्रणाम रसाइलीले गाड़ीधुरा मोड़मास्थित दुर्गा मल्लको शालिगमा बिजुली बत्तीको जड़ान गरी अझ सुन्दरीकरण गर्न पर्ने सुझाव दिए साथै कार्यलाई सहयोग गर्न उनी सदैव तयार रहेको जनाए साथै गाड़ीधुरादेखि केही मुन्तिर रहेको खाली जग्गालाई पर्यटकीर्य स्थल बनाउन सकिने बताए। जीटिए प्रमुख कार्यपाल राजनैतिक सल्लाहकार बिन्नी शर्माले खबर कागजहरूमा जल जीवन मिशन अन्तर्गत केवल मिरिक अनि कालेबुङको निम्ति कोष अवन्टित गरिको र यसमा खरसाङको नाम छुट्टिएकोमा घोर विरोध जनाए। तिनले खरसाङमा मानिसहरू बस्दैनन्? भन्ने प्रश्न गर्दै कागजमा होइन जमीनी स्तरमा कार्य गर्ने नेता अनित थापा हुन अनि उदाहरण आजको शिलान्यास कार्यक्रम हुन् भनी जनाए। खरसाङ महुकमा समिति अध्यक्ष सुवास प्रधानले आफ्नो सम्बोधनमा आज गाड़ीधुरा मेरियनबारीमा सम्पन्न हुन गइरहेको पानीको कार्य जीटीए प्रमुख कार्यपालको दुरदर्शी भिजनको कारणले सम्भव भएको जनाए। कार्यक्रममा कार्यकारी सुकुना पानीघट्टा समष्टि सभासद परेस तिर्की, युवा शक्ति केन्द्रिय समिति सदस्य संजीव छेत्री, भगोप्रमो खरसाङ महुकमा समिति सभापति, सचिव, कार्यकारी सदस्य, सभापति, सचिव, कार्यकारी सदस्य खरसाङ महुकमा समिति, सभापति, सचिव, कार्यकारी सदस्य युवा शक्ति, सभापति, सचिव, कार्यकारी सदस्य पंखाबारी लंगभीऊ अम्बटे समष्टि, कार्यकारी सदस्य केन्द्रीय समिति नारी शक्ति सभानेत्री अनु प्रधान, महुकमा समिति नारी शक्ति उप सभापति जैतुन निशा खातुन, समष्टि सचिव ललित प्रधान, नारी शक्ति समष्टि सभानेत्री रिना थिङ, सचिव सत्य गोले साथै गाड़ीधुरा क्षेत्रका पार्टी कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो भनी भागोप्रमो पंखाबारी, लंगभ्यू, अम्बटे समष्टि प्रचार प्रसार सचिव जिनोद परियारले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement