घुम जोरबङ्लो महाविद्यालयका सह-प्राध्यापक चन्दन थापा बने लेफ्टिनेन्ट

IMG-20221106-WA0252.jpg

दार्जिलिङ: दार्जिलिङ जिल्ला अन्तर्गत घुम जोरबङ्लो महाविद्यालयका सह-प्राध्यापक चन्दन थापा लेफ्टिनेन्ट बनेका छन्। इतिहासका व्यख्याता सहप्राध्यापक चन्दन थापाले दार्जिलिङका विद्यार्थीवर्गले आफ्नै उत्पति र विकासका पक्षलाई इतिहासमा पठन गर्न पर्छ भनी दुईवटा पुस्तक लेखिसकेका छन्। त्यसबाहेक साहित्यमा गम्भीर रूची लिएर पनि उनले साहित्यिक कृति सिर्जना गरिसकेका छन्। उनले आर्मी अफिसर बन्ने ठूलो सपना राखेका थिए। त्यसलाई एनसीसीका माध्यमबाट एएनओ बनेर यसपटक पूरा गरेको आफैले मानेका छन्। चन्दन थापा परिश्रमी व्यक्ति भएका हुँदा उनको सिटिओ(केयर टेकर अफिसर)-का कार्यावधि विद्यार्थीले एनसीसीबाट निक्कै उपलब्धि प्राप्त गरे। राष्ट्रीय स्तरमा विद्यार्थीले स्वर्ण पदक हाँसिल गरे भने बेस्ट क्याडेटका तक्मा थुप्रै विद्यार्थीले ग्रहण गरिसकेका छन्। राष्ट्रीय स्तरमा विद्यार्थीले सहभागिता वार्षिक रूपमा जनाइरहेका छन्। चन्दन थापाले एनसीसी सम्बन्धि विभिन्न कोर्सहरू धेरै अघिदेखि नै गर्दै आएका हुन्। यस वर्ष महाराष्ट्रको नागपुरमा ओटिए(अफीसर ट्रेनिङ एकाडेमी) मा १३ अगस्टदेखि २२ अक्टोबरसम्म देशभरिका शिक्षक अनि प्रोफेसरहरूलाई प्रशिक्षण गरिएको थियो। ५२० मध्ये ४८० अफिसरले प्रशिक्षण पूरा गरे जसमध्ये चन्दन थापा पनि भारतीय सेनाद्वारा सञ्चालित उक्त प्रशिक्षणबाट पारङ्गत बनेर लेफ्टिनेन्ट पद हाँसिल गरेका छन्। चन्दन थापाका उपलब्धिलाई घुम जोरबङ्लो महाविद्यालयले बधाई एवम् शुभकामना प्रकट गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement