खरसाङ: खरसाङमा चौथो बटालियन पहिलो गोर्खा राईफल्सको भूतपूर्व सैनिक संगठनको सभा निमा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा मुख्य अतिथिको रूपमा भूतपूर्व कर्नल एसबी राणा उपस्थित रहेका थिए। सभामा क्याप्टन एक राई, क्याप्टन रञ्जित राई, सुबेदार डीबी गुरुङ, साथै चार -एक राईफल्सको भूतपूर्व सैनिकहरू उपस्थित रहेका थिए। यस सभामा विशेष गरेर पल्टनको ६१औं स्थापना दिवस आगामी १५ जनवरी २०२२ मा भव्य रूपमा पालन गरिने निर्णय गरिएको छ। सभाको निर्णय अनुसार यसै दिन आर्मी दिवस पनि पालन गरिने भएको छ। भूतपूर्व सैनिक संगठनको सभा आगामी १५ जनवरीको दिन बेंगाल सफारीमा पालन गरिने भएकोले यसको व्यवस्था मिलाउनलाई सम्पूर्ण जिम्मावरी सुबेदार डीबी गुरुङ र नायक कृष्ण सुनवारलाई सभाले सुम्पेको छ भनी सचिव हवल्दार गगन थापाले जानकारी गराएका छन्।