आईसीसी टी२० वर्ल्ड कपः ग्रुप विजेता बनेर सेमिफाइनलमा पुग्यो भारत

photocollage_20221161932878.jpg

६ नोभेम्बरः भारतले आईसीसी टी२० वर्ल्ड कपमा ग्रुप २-को आफ्नो अन्तिम म्याचमा जिम्बाब्वेलाई ७१ रनको ठूलो अन्तरले पराजित गऱ्यो। यस जीतको साथै भारतले ५ वटा म्याचमा ८ पोइण्टको साथ ग्रुप विजेताको रूपमा सेमिफाइनलमा स्थान बनायो। यस ग्रुपबाट ६ पोइण्टको साथ दोस्रो स्थानमा रहेर पाकिस्तानले सेमिफाइनलमा स्थान बनायो। भारतले अब १० नोभेम्बरको दिन खेलिने दोस्रो सेमिफाइनलमा गत विजेता ईंग्ल्याण्डको चुनौती स्वीकार्नेछ। यसरी नै पाकिस्तानले पहिलो सेमिफाइनलमा ग्रुप १-को विजेता न्यूजील्याण्डको सामना गर्नेछ। फाइनल १३ नोभेम्बरमा खेलिनेछ। मेलबर्न क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनायो। सूर्यकुमार यादवले २५ बलमा ४ वटा छक्का र ६ वटा चौकाको साथ अविजित ६१ रन बनाए। यसबाहेक ओपनर केएल राहुलले ३५ बलमा ३ वटा चौका र ३ वटा छक्काको सहायताले ५१ रन बनाए। यी दुईबाहेक विराट कोहलीले २६ र हार्दिक पाण्ड्याले १८ रन बनाए। न्यूजील्याण्डका बलरहरूमा सीन विलियम्सले सर्वाधिक 2 विकेट लिए। जवाफमा जिम्बाब्वे १७.२ ओभरमा ११५ रन बनाएर अलआउट भयो। ऱ्यान बर्नले सर्वाधिक ३५ अनि सिकन्दर रजाले ३४ रन बनाए। अरू कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। भारतीय बलरहरूमा रविचन्द्रन अश्विनले सर्वाधिक ३ विकेट लिए। यसबाहेक मोहम्मद शमी र पाण्ड्याले २-२ विकेट लिए। सूर्यकुमारलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement