अवैध बालुवा उत्खननमा पुलिस को कारबाही, तीन डम्पर जप्त

IMG_20221106_184653.jpg

सिलगढी: नयाँ जलपाईगुडी थानाको पुलिसले अवैध बालुवा उत्खननको आरोपमा तीन डम्परहरू नियन्त्रणमा लिएको छ। लामो समयदेखि महानंदा नदीबाट अवैध बालुवा उत्खनन भइरहेको गुनासो आएपछि सिलगढी महानगरीय प्रहरी अन्तर्गतको एनजेपी थानाको प्रहरीले त्यसविरुद्ध अभियान चलायो ।प्रहरी स्रोतका अनुसार हरेक दिन जस्तै सिलगढीको याटघाट नजिकैको महानन्द नदीबाट अवैध बालुवा उत्खनन भइरहेको छ। खबर पाएलगत्तै प्रहरीले त्यहाँ छापा मारेको थियो। प्रहरीलाई देखेर बालुवा तस्करहरु भागे पनि प्रहरीले बालुवा तस्करीमा प्रयोग हुने तीनवटा डम्परलाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा ल्याई घटनाको सम्पूर्ण अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement