खरसाङ: घुम्ती चियाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको अन्तिम क्वाटर फाईनल खेल साकतार एफसी बनाम चाँद एफसीबीच खेल सम्पन्न भयो। यस खेलमा दुईको विरुद्ध चार गोल दिएर चाँद एफसी सेमीफाईनलमा प्रवेश गरेको छ। उक्त खेलमा विजेता दलबाट अभिषेक गुरूङले हेट्रिक गोल अनि अशोक खवासले एक गोल गर्यो भने उप विजेता दलबाट विश्वाश थापा र युउसेनले एक- एक गोल गरेका थिए। अब आगामी शनिबार १२ नोभेम्बरको दिन हुने पहिलो सेमिफाइनल खेल चाँद एफसी बनाम युजीएफसीमाझ घमासान हुने सबैले अडकल काँटेको छ। खरसाङ महकुमा अन्तर्गत घुम्ती स्पोर्टिङ क्लबको आयोजनामा गत २५ सेप्टेम्बरदेखि शुरु भएको नगदराशि फुटबल टुर्नामेन्टको बिजेतालाई एक लाख अनि उप बिजेतालाई पचास हजार प्रदान गरिने आयोजक समितिका सचिव प्रवीण दर्नालले जानकारी गराएका छन्।