पोख्रेबुङ सार्वजनिक भवनमा बार्षिक आम सभा एवं सम्वर्द्धना कार्यक्रम सम्पन्न

img_1_1667744184709.jpg

पोख्रेबुङ: अखिल भारतीय नेवार संगठन राङभाङ भेल्ली आञ्चलिक समितिको तत्वाधानमा सभापति जे. एन. प्रधानको विशेष अध्यक्षता आज बार्षिक आम सभा एवं सम्वर्द्धना कार्यक्रम सम्पन्न गरिएको छ। पोख्रेबुङ सार्वजनिक भवनमा सम्पन्न गरिएको उक्त सभामा राङभाङ भेल्लीका माध्यमिक, उच्च माध्यमिक तथा स्नातक परीक्षामा उत्कृष्ट अंक लिने २८ जान नेवार मेधावी विद्यार्थी छात्र – छात्राहरुलाई समितिको पक्षबाट सम्वर्द्धना पत्र प्रदान गर्दै तिनीहरूलाई भव्य सम्मान पनि जनाएका थिए। कार्यक्रममा पश्चिम बंगाल राज्य समितिको महासचिव सञ्जय प्रधान, दार्जिलिङ अञ्चल समिति सभापति प्रदीप प्रधान, ललित प्रधान तथा अन्यले नेवारी भेषभूषा, सांस्कृति अनि नेवारी इतिहास माथि आफ्नो गहकिलो मन्तव्य राखेका थिए भने कार्यक्रममा विद्यार्थीहरुबाट नेवारी लोक नृत्य अनि केही नेपाली सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरेका थिए। दीपप्रज्जवलनबाट आरम्भ गरिएको यस कार्यक्रममा राङभाङ भेल्ली लगायत अन्य अन्य ठाउँबाट आएका नेवार जातिको बाक्लो उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement