मङपू सरस्वती उच्चतर माध्यमिक विद्यालयले मनायो विद्यालय स्थापनाको ७५औं वर्षगाँठ

IMG_20221106_144740.jpg

“शिक्षा भित्र राजनीति नहालौ। शिक्षाभित्र राजनीति पस्यो भने हाम्रै पहाडको भविष्य बिग्रेर जानेछ”: अनित थापा

मङपू: सरस्वती उच्चतर विद्यालय, मंगपुले आफ्नो स्थापनाको ७५औं वर्षगाँठको सुअवसर एउटा कार्यक्रम आयोजना गर्यो। यही अवसरमा मुख्य अतिथिको रुपमा उपस्थित जीटीए चिफ अनित थापाले विद्यालयका संस्थापक स्वर्गीय एम. बी. राईको सालिगको अनावरण पनि गरे। शालिग निर्माणको निम्ति अनित थापाले आर्थिक सहायता गर्नु भएको जयन्ती आयोजक पक्षले बताएका छन्।
यसै अवसरमा अनित थापाले विद्यालयका प्रबन्धन, शिक्षक शिक्षिका, विद्यार्थी अनि मङपूवासिलाई बधाई दिँदै भने, ” शिक्षालाई राजनीति देखि टाढा राख्नु सके मात्र गुणात्मक शिक्षाको परिकल्पनालाई हामी साकार रुप दिनु सक्छौ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement