गोरुबथान: नेउरा बन बस्ती प्राथमिक पाठशालामा शिक्षक शिक्षिका अभिभावक साथै बिध्यार्थी नानीहरूलाई लिएर देउसीको कार्यक्रम सम्पन्न गर्यो।
यस देउसे कार्यक्रमा सभापतिको भार स्कूलको प्रधानध्यापक राज बहादुर राई थिए। यसै गरी गाउँलेको पक्षमा नर बहादुर छेत्री, दिल कुमार राई, बन विभाग साखामा बिटका बिट अफिसर पनि अतिथीको रुपमा उपस्थित थिए। बिशेष एकादशीको पर्वलाई अन्तिम दिन देउसीको रूपमा समापन गर्ने हुँदा पाठशालामा मनाइएको हो। देउसे कार्यक्रमको संचालन शिक्षक आनन्द कुमार छेत्रीले गरेको थियो भने यो देउसे पर्व यसरी मनाएर जातीय संस्कृतिबारे विद्यार्थीगणलाई जानकारी दिइएको र जातीय संस्कृतिको संरक्षण प्रतिको पहल हो भनी बताए।
पाठशालाको पक्षबाट शिक्षक मैतराज सुब्बा, राजीव सुब्बा, पुष्कार तामाङ, रविन लेप्चा, बिपूल राई, ज्योती बराईक र अमृता लेप्चा थिए। यस कार्यक्रममा गाउँलेहरुले पनि उपस्थिति दिएर देउसौको आनन्द लिए।