लंगुरदंग गोल्ड कपमा मानेभञ्ज्यांग एफसी च्याम्पियन

IMG-20221106-WA0114.jpg

६ नोभेम्बरः लंगुरदंग गोल्ड कप फूटबल टुर्नामेण्टको पहिलो संस्करणमा मानेभञ्ज्यांग एफसी च्याम्पियन भयो। लंगुरदंग खेल मैदान (पी.ओ. रेलिंग, दार्जीलिङ)-मा भएको यस सेभेन ए साइड टुर्नामेण्टको फाइनलमा शनिवार मानेभञ्ज्यांग एफसी-ले अफ्रिकी खेलाड़ीहरू लिएर मैदानमा ओर्लिने एमएमएफसी निरपानीलाई ५-२-ले पराजित गऱ्यो।

विजेता टीमबाट उत्तम राई एक्लैले ४ गोल गरे। यसबाहेक सनम राईले १ गोल गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। उत्तम राईले प्लेयर अव् द म्याचको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement