ला लीगाः बार्सिलोना शीर्ष स्थानमा, जेरार्ड पिके-लाई भव्य बिदाई

photocollage_2022116133038547.jpg

६ नोभेम्बरः स्पेनिश ला लीगा फूटबलमा बार्सिलोनाले फेरि शीर्ष स्थान हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा बार्सिलोनाले अल्मेरियालाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड नोउ क्याम्पमा ७० प्रतिशत पोजेशनको साथ खेले पनि बार्सिलोनाले मध्यान्तरसम्म गोल गर्न सकेन। दोस्रो हाफको खेलमा चाहिँ टीमले २ गोल छिरायो। बार्सिलोनाबाट ओस्माने डेम्बेलेले ४८औं र डच स्ट्राईकर फ्रेंकी डी जोंगले ६२औं मिनटमा गोल गरे। यस जीतपछि बार्सिलोनाले चीरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पार गरी ला लीगा टेबलमा शीर्ष स्थान हासिल गऱ्यो। बार्सिलोनासँग अहिले १३ वटा म्याचमा ३४ पोइण्ट रहेको छ। एउटा म्याच कम्ती खेलेर ३२ पोइण्टको साथ रियल दोस्रो स्थानमा रहेको छ। बार्सिलोनाका दिग्गज फूटबलर ३५ वर्षीय जेरार्ड पिके-को यो टीमको होम ग्राउण्डमा अन्तिम म्याच थियो। म्याचपछि उनलाई टीम अनि स्टेडियममा उपस्थित समर्थकहरूले भव्य बिदाई दियो। पिके-ले अब आउँदो मंगलवार ओसासुना विरुद्ध म्याच खेलेर सन्न्यास लिनेछन्। यसरी नै ओसासुनाले सेल्टा विगो विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट दुवै गोल एजाक्वेल अविलाले छिराए। उनले आठौं र २८औं मिनटमा गोल गरे। सेल्टा विगोबाट इयागो अस्पासले १९औं मिनटमा गोल गरे। यस जीतपछि ओसासुना १३ वटा म्याचमा २३ पोइण्टको साथ पाँचौं स्थानमा पुग्यो। अन्य एउटा म्याचमा भाल्लाडोलिडले एल्चेलाई २-१-ले पराजित गऱ्यो।

About Author

Advertisement