प्रीमियर लीगः एर्लिंग हालाण्डको गोलले सिटीको रोमाञ्चक जीत

photocollage_202211613283566.jpg

६ नोभेम्बरः ईंग्लिश प्रीमियर लीगमा म्यानचेष्टर सिटीले आफ्नो जीतको क्रम जारी राख्यो। यसरी नै लिस्टर सिटीले पनि आफ्नो म्याच जित्यो। शनिवार राति खेलिएको म्याचमा शुरुमै दशजना खेलाड़ीमा सीमित हुने म्यानचेष्टर सिटीले फूलहाम विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ७१ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीलाई जूलियन अल्भारेजले १६औं मिनटमा बढ़त दिलाए। त्यसपछि जोआओ कान्सोले २६औं मिनटमा रातो कार्ड देख्दा म्यानचेष्टर सिटी दशजना खेलाड़ीमा सीमित भयो। त्यही मौकामा हासिल भएको पेनल्टीबाट गोल गरी एण्ड्रिएस परेराले २८औं मिनटमा फूलहामलाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि असाधारण फर्ममा रहने एर्लिंग हालाण्डले म्याचको अन्तिम क्षणमा गोल गरी सिटीलाई रोमाञ्चक जीत दिलाए। नर्वेका यस खेलाड़ीले स्टपेज टाइमको पाँचौं मिनटमा पेनल्टीबाट गोल गरे। यस जीतपछि सिटी १३ वटा म्याचमा ३२ पोइण्टको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा पुग्यो। यसरी नै आठौं स्थानमा रहने फुलहामसँग १४ वटा म्याचपछि १९ पोइण्ट रहेको छ।
यसरी नै लिस्टर सिटीले एभर्टनलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट यूरी टेलेमान्सले ४५औं र हार्वे बार्न्सले ८६औं मिनटमा गोल गरे। यस जीतपछि लिस्टर सिटी १४ वटा म्याचमा १४ पोइण्टको साथ १३औं स्थानमा पुग्यो। प्रीमियर लीगका अन्य म्याचहरूमा लीड्स युनाइटेडले बोर्नमाउथलाई ४-३-ले अनि ब्राइटनले वूल्भ्सलाई ३-२-ले पराजित गऱ्यो। ब्रेण्टफोर्ड र नटिंघम फरेष्टबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो। ब्राइटन अहिले १३ वटा म्याचमा २१ पोइण्टको साथ छैटौं स्थानमा रहेको छ। यसरी नै दशौं स्थानमा रहने ब्रेण्टफोर्डसँग १६ पोइण्ट रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement