अलीपुरदुआर: काल्चिनी ब्लकको दलसिङपारा क्षेत्रमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। हिजो साँझ गोपालबहादुर बस्ती निवासी ५२ वर्षीय टेकबहादुर भुजेल सामान किन्न पसलमा गएका थिए र पसलबाट घर जाने क्रममा भुटान जाने एशियाली राजमार्गको दलसिङपारामा हसिमारा जाँदै गरेको बसले ठक्कर दिएको थियो। घाइते अवस्थामा टेकबहादुर भुजेललाई स्थानीयले उद्धार गरी लताबारी ग्रामीण अस्पताल पुर्याएकामा उपचारको क्रममा गए राति मृत्यु भएको हो। कालचिनी थानाको पुलिसले आइतबार शव बरामद गरेको छ र शवलाई पोस्टमार्टमको लागि अलीपुरद्वार जिल्ला अस्पतालमा पठाइएको छ।