कोलकतामा तीन दिवसीय अन्तरराष्ट्रिय साहित्य उत्सव २०२२ शुरू

IMG_20221105_232702.jpg

कोलकता: हिज साँझदेखि महानगर कोलकतामा तीन दिवसीय अन्तरराष्ट्रिय साहित्य उत्सव २०२२ शुरू भयो। सिस्टर निवेदिता यूनिभर्सिटी र सण्डे टाइम्सको संयुक्त तत्वावधानमा आयोजित यस महोत्सवलाई सम्बोधित गर्दै विशेष अतिथि र केन्द्रिय शिक्षा मन्त्रालय अधीनस्थ राष्ट्रिय उर्दू विकास परिषदका निदेशक डा. अकील अहमदले भने, भारतीय दर्शनमा मातृभूमि, आमा र मातृभाषा पूजनीय छ। भारत सरकारको नयॉं राष्ट्रिय शिक्षा नीतिमा प्राथमिकदेखि माध्यमिक स्तर र स्नातकदेखि स्नातकोत्तरसम्म विद्यार्थीहरूले आफ्नो मनपर्ने मातृभाषामा पठन-पाठन गर्न सक्ने प्रावधान राखिएको छ। यसले भारतको पारम्परिक आदि भाषाहरूले प्रोत्साहन पाउने छ। उनले भने, भाषालाई कुनै मानिसले बनाएको होइन, तर विधाता स्वयंले रचेको हो। संस्कृत, हिन्दी अथवा उर्दू, यो संवादको भाषा हो र विधाताले मानव प्रजातिलाई एकअर्कासॅंग जोड्ने माध्यम बनाएको हो।
विशेष रूपमा उर्दूको विशेषताहरूको उल्लेख गर्दै उनले भने, उर्दू यस्तो भाषा हो जसमा संसारका सबै भाषाहरूको शब्दावली पाइन्छ। यस कारण आज उर्दू वैश्विक भाषाको रूपमा प्रतिष्ठित छ। हिन्दुस्थान समाचारद्वारा पश्चिम बंगालमा उर्दूको स्थितिमा सोधिएको प्रश्नको जवाफमा उनले भने, यहॉं स्कूलहरूमा उर्दूमा पढ़ाई त हुन्छ, उर्दू विकास परिषद पनि छ, तर जुन ठूलो स्तरमा यसको प्रचार-प्रसार हुनुपर्ने त्यो भएको छैन। उनले भने, वर्तमान समयमा मानिसहरूमा यो भ्रान्ति बनेको छ कि यदि उनीहरू आफ्ना नानीहरूलाई विश्वस्तरमा सक्षम बनाउन चाहन्छन् भने उनीहरूले अंग्रेजीमा शिक्षा दिनु आवश्यक छ, तर यो सही होइन। हिन्दी, उर्दू वा अन्य कुनै पनि भारतीय भाषामा शिक्षित कुनै पनि व्यक्ति विश्वस्तरमा आफ्नो दक्षतलाई साबित गर्न सक्छन्। यो नै भारतीय दर्शन रहेको छ। कार्यक्रममा मुख्य अतिथिको रूपमा गुजरात साहित्य अकादमीका अध्यक्ष पद्मश्री डा. विष्णु पाण्ड्या पनि उपस्थित थिए। यस अतिरिक्त भारत सरकारको शिक्षा मन्त्रालय अधीनस्थ एनआआईओएमका अध्यक्ष प्रो. सरोज शर्मा, सिस्टर निवेदिता यूनिभर्सिटीका वीसी प्रो. धु्रव ज्योति च्याटर्जी र पश्चिम बंग कविता अकादमीका सभापति कवि एवं प्रो. सुबोध सरकारले पनि कार्यक्रमलाई सम्बोधित गरेका थिए। यो तीन दिवसीय अन्तरराष्ट्रिय साहित्य उत्सवको शुरूवात गुरूदेव रवीन्द्रनाथ टेगोरको चित्रांगदा नाटकबाट भयो, जसको प्रस्तुति सङ्केत ग्रुपले गरेको थियो। कार्यक्रममा साहित्यकार शीर्षेंदु मुखर्जी, डाक्टर कृष्णा बसु र श्यामल कांति दासलाई सण्डे टाइम्स कोलकता लाइफ टाइम अचीभमेण्ट अवार्ड-२०२२ ले सम्मानित गरियो। यस अतिरिक्त समरजीत चक्रवर्ती, संमत्रनंद (शोवन रोय), डा. बासबी चक्रवर्ती, विनायक बनर्जी र प्रोफेसर श्रीपति टूडूलाई सण्डे टाइम्स कोलकाता लिटरेरी अवार्ड- २०२२ प्रदान गरियो। सोविक बनर्जी, अमी गोस्वामी, कुमारी कस्तूरी सेन, मुनमुन मुखर्जी र गुलाम रसूललाई सण्डे टाइम्स कोलकाता राजा राम मोहन रोय अवार्ड-२०२२ ले सम्मानित गरियो।

About Author

Advertisement