खेअरसनका सर्वसाधारणलाई उद्धार गरने प्रक्रियालाई पुटिनको सार्वजनिक स्वीकृति

Vladimir_Putin_17-11-2021_cropped.jpg

नयाँ दिल्ली: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणी युक्रेनमा रुसले कब्जा गरेको खेअरसनका केही भागबाट सर्वसाधारणलाई उद्धार गर्ने प्रक्रियालाई सार्वजनिक स्वीकृति दिएका छन्। किएभका सैन्य बलहरू उक्त रणनीतिक बन्दरगाह सहरमा निरन्तर अगाडि बढिरहेका छन्। पुटिनले “सर्वसाधारण जनताले दुःख पाउन नहुने” बताउँदै त्यहाँका जोखिमपूर्ण क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई अन्यत्र जान दिनुपर्ने बताएका हुन्। कम्तीमा ७०,००० जना मानिसहरूलाई पहिले नै खेअरसनबाट स्थानान्तरण गरिएको विवरणहरू सार्वजनिक भएका थिए। रुसले फरवरीमा आक्रमण सुरु गरेयता मस्कोले कब्जामा लिन सकेको यो एक मात्र प्रमुख सहर हो। गोलाबारी र आक्रमणको जोखिममा रहेका नागरिकहरूलाई “हटाउनु पर्छ”, पुटिनले एकता दिवसको बिदाका दिन मस्कोको रेड स्क्वायरबाट भने। किएभले रुसले बलपूर्वक युक्रेनी नागरिकहरूलाई‌ निर्वासित गरेको आरोप लगाएको छ। युद्ध अपराध मानिने यस्तो कार्यलाई मस्कोले खण्डन गर्दै आएको छ।

रुसले युक्रेनभरिका नागरिक पूर्वाधारमा निरन्तर गरिरहेको क्षेप्यास्त्र र ड्रोन हमलाहरूले ठूलो हताहत र क्षति निम्त्याएको छ र किएभलाई बारम्बार विद्युत् आपूर्ति कटौती गर्न बाध्य बनाएको छ। पुटिनको भनाइ बिहीवारको विवरण पश्चात् आएको हो जसमा रुसी सैनिकहरूले पनि खेअरसन छाड्दैछन् भन्ने बताइएको थियो। यदि त्यसो भएको खण्डमा युद्धबाट रुसपछि हट्न वाध्य भएको महत्वपूर्ण क्षण हुनसक्छ। यस क्षेत्रमा क्रेमलिनले नियुक्त गरेका अधिकारी किरिल स्ट्रेमोसोभले मस्कोले यस क्षेत्रबाट आफ्ना सेनाहरूलाई हटाउनसक्ने सम्भावनाबारे रुसी मिडियासँग बताएका छन्। युक्रेनी अधिकारीहरूले भने, यस्तो कदम जोखिमपूर्ण क्षेत्रमा रहेका आफ्ना सैनिकहरूलाई प्रलोभनमा पार्ने पासो हुन सक्ने चेतावनी दिँदै सतर्क रहन भनेका छन्। फरवरी २४ मा रुसले छिमेकी राष्ट्रमाथि आक्रमण सुरु गरेपछि खेअरसनलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो। तर, पछिल्लो समय युक्रेनी सेनाले बिस्तारै सहरको बाहिरी भागलाई पुनः आफ्नो नियन्त्रणमा लिन सुरू गरेको छ। गत महिनाको मध्यतिर पहिलो पटक नागरिकहरूलाई खेअरसन छोड्न आग्रह गरिएको थियो। किनकि रुसी सेना त्यस सहरमा प्रतिरक्षात्मक बनेको थियो। पछि सैन्य कमान्डरहरूले उनीहरूले त्यहाँ अपेक्षित लडाई सुरु हुनुअघि नै सहरका बासिन्दाहरूलाई निकासी गर्ने कार्य पूरा गरेको बताएका थिए। रुसले खेअरसन क्षेत्र र अन्य तीन युक्रेनी भूभागहरूलाई आफ्नो क्षेत्रको रूपमा दाबी गर्दछ। यद्यपि, उसले दाबी गरेकामध्ये कुनै पनि क्षेत्र पूर्ण रूपमा नियन्त्रणमा लिएको छैन। बरु आफ्नो दाबीलाई प्रमाणित गर्न स्थानीय “जनमत सङ्ग्रह” आयोजना गर्योब जसको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो। रुसले सन् २०१४ मा युक्रेनको क्राइमिया प्रायद्वीपलाई पनि आफ्नो कब्जामा लिएको थियो। शुक्रवार रेड स्क्वायरमा दिएको मन्तव्यमा पुटिनले थप ३१८,००० सैनिकले युद्धमा खटिने जिम्मेवारीमा हस्ताक्षर गरेको बताए। उक्त सङ्ख्या तीन लाख सैनिक परिचालन गर्ने उनको लक्ष्यभन्दा अधिक हो। यीमध्ये ४९,००० सैनिकहरू सक्रिय युद्धमा सामेल भएको पुटिनले बताएका छन्। यद्यपि, बीबीसीले उक्त सङ्ख्याबारे स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। यसैबीच एक रुसी निजी सैन्य कम्पनी, वाग्नर समूहले सेन्ट पिटर्सबर्गमा आफ्नो पहिलो आधिकारिक मुख्यालय स्थापना गरेको छ। यसका लडाकुहरू युक्रेनमा रुसी अभियानमा सक्रिय रहेको विवरण सार्वजनिक गरिएको छ र यसले त्यहाँ लड्न कैदीहरूलाई भर्ती गरेको छ। जसको बदलामा रुसमा उनीहरूले भोग्नु पर्ने सजाय घटाइएको छ। वाग्नर सिपाहीहरूमाथि यसअघि नै द्वन्द्वरत सिरिया, लिबिया र अन्य क्षेत्रहरूमा मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ। पुटिनले हालै जेलबाट छुटेका गम्भीर अपराधमा दोषी ठहरिएका पुरुषहरूलाई उक्त बलमा समाविष्ट गर्न जगेडा सैनिकहरूलाई बोलाउने रुसी कानुनमा संशोधन गरेका छन्। संशोधनको अर्थ हालै रिहा भएका हत्या र लागु औषध ओसार प्रसारका दोषीहरूलाई युक्रेनमा लड्न भर्ती गरिन सक्छ। बालबालिका विरुद्धको यौन अपराध वा आतङ्कवादको अभियोगमा सजाय पाएका पूर्व कैदीहरू भने अझै पनि सेवाबाट वञ्चित छन्। युद्धमाथि आफ्नो पछिल्लो टिप्पणीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “हालका रुसका शासकहरूको जिद्दीपन”माथि प्रहार गरे। उनले आफ्ना शत्रुले शान्ति वार्तामा चासो नदेखाएको बताए। वार्ताको साटो परिचालन गरिएका र जगेडा सेनालगायत “मानिसहरूलाई अचानोमा पुर्यारएको” उनको आरोप थियो। साताको “सबैभन्दा भयङ्कर लडाइँ”लाई उल्लेख गर्दै जेलेन्स्कीले पूर्वी सहरहरू बाख्मुट र सोलेदरलाई इङ्गित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement